Guideline

Metalogic Software Pvt. Ptd. द्वारा निर्मित डिजिटल वंशावली पाण्डे बन्धु सेवा समितिको लागि तयार पारिएको Guideline.

मोबाइल एप बाट वंशावली फाराम भर्ने तरीका (SON) छोराले आफ्नो फाराम भर्ने तरीका
• फुटरमा भएको वंशावलीमा Click गरि मेरो वंशवृक्षमा Click गर्नुहोला ।
• एउटा + चिन्ह देखा पर्दछ । त्यो + मा Click गर्नुहोला । एउटा फाराम खुल्छ । त्यो फाराममा आफ्नो विवरण तपसिल बमोजिम भर्नुहोला,
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• आफ्नो पूरा नाम लेख्नुहोला । जस्तैः मणिकुमार
• थर लेखिएको ठाउँमा थर लेखिरहनु नपर्ने गरी पाण्डे डिफल्ट बनाइएको छ ।
• Name in English मा अंग्रेजी नाम लेख्नुहोला । जस्तैः Mani Kumar Pandey
• कतिऔं सन्तानमा आफ्नो बुबाको सन्तानहरुमा आफू कति नम्बरमा पर्नुहुन्छ त्यहि लेख्नुहोला । जस्तै म १ जना दिदी र १ जना दाजु पछि जन्मिएको हो भने, मेरो नम्बर 3 हुनेछ । त्यही 3 लेख्नुहोला । यो कतिऔं सन्तानमा दुई वा दुईभन्दा बढी आमाहरूबाट जन्मिएका सन्तान भए पनि वुवाको सन्तनको हिसाबमा गणना गरिन्छ ।
• उपनाम भए त्यो पनि लेख्नुहोला । जस्तैः भरत
• आफ्नो जन्ममिति कागजी आधारमा नभएर जन्मेको आधारमा लेख्नुहोला । जन्ममितिको फर्मेट 2033-08-07 यस्तो लेख्नुहोला ।
• आफ्नो जन्मस्थान लेख्नुहोला । जस्तैः एकतप्पा, इलाम
• आफ्नो पूर्खाको थाक-थलो लेख्नुहोला । जस्तैः सिन्धुलीको खनियाखर्क
• आफूले मानिआएको कूल देवताको नाम लेख्नुहोला ।
• आफ्नो Blood Group चयन गर्नुहोला । जस्तैः O+
• आफू जन्मिएको स्थान र हाल बसोबास गरेको स्थान वेग्ला-वेग्लै हो भने वसाइसराइको विवरण लेख्नुहोला । जस्तैः एकतप्पा, इलामदेखि ललितपुर जावलाखेल
• आफ्नो पेशा छनोट गर्नुहोला । जस्तैः शिक्षक
• पेशा छनोट गरेपछि आफूले गरेको पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः मा.वि. प्रथम श्रेणी
• यदि उक्त लिस्टमा आफ्नो पेशा छैन भने अन्य मा Click गरेर आफ्नो पेशा लेख्नुहोला । जस्तैः सहकारी व्यबस्थापक
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नातकोत्तर
• शैक्षिक योग्यतामा आफ्नो योग्यताको विवरण लेख्नुहोला । जस्तैः शिक्षा संकाय (अंग्रेजी)
• यदि उक्त लिस्टमा आफ्नो योग्यताको बारेमा छैन भने अन्य मा Click गरेर आफ्नो योग्यताको डिग्री लेख्नुहोला । जस्तैः शास्त्री
• आफ्नो इमेल लेख्नुहोला । जस्तैः manikpandey2180@gmail.com
• आफ्नो मोवाइल नम्बर लेख्नुहोला । जस्तैः 9851353599
• विवाहित वा अविवाहित छनोट गरी Tick लगाउनुहोला ।
• हालको ठेगाना छनोट गर्नुहोला ।
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• आफ्नो टोलको नाम लेख्नुहोला । जस्तैः पुलचोक
• यदि स्थाई रूपमा नेपाल बाहिर बसोवास गर्नुहुन्छ भने देशको नाम छनोट गरी सोहि देशको स्थानीय ठेगाना लेख्नुहोला । जस्तैः USA क्यालिफोर्निया
• अन्त्यमा एक पटक भरिसकेको विवरण चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः आफ्नो विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि आफ्नो फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।

(DAUGHTER IN LAW) आमा/हजुरआमा/श्रीमतीको फाराम भर्ने तरीका
• जसको श्रीमतीको विवरण भर्नुपर्ने हो उसैको फोटोमा Click गरि Add Wife गर्नुहोला .
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• शुरुको र बीचको नाम लेख्नुहोला । जस्तैः चन्द्र कुमारी
• थरमा भरसक माइतको थर लेख्नु भए राम्रो । जस्तैः भट्टराई
• Name in English मा अंग्रेजीमा नाम लेख्नुहोला । जस्तैः Chandra Kumari Bhattarai
• जन्म मिति लेख्नुहोला । जन्ममितिको फर्मेट 2040-07-03 यस्तो लेख्नुहोला ।
• वालवालिकाको संख्यामा उक्त कोखबाट जन्मिएका वालवालिकाको संख्या लेख्नुहोला । जस्तैः 3
• विवाह गरेको मिति लेख्नुहोला । जस्तैः 2060-01-03
• गोत्रमा माइतको गोत्र लेख्नुहोला । जस्तैः वशिष्ठ
• Blood Group चयन गर्नुहोला । B+
• पेशा छनोट गर्नुहोला । जस्तैः नेपाली सेना
• पेशा छनोट गरेपछि पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः जर्नेल
• यदि उक्त लिस्टमा आफूले गरेको पेशा छैन भने अन्य मा Click गरेर पेशा लेख्नुहोला । जस्तैः लेखापाल
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नातकोत्तर
• शैक्षिक योग्यता छनोट गरेपछि शैक्षिक योग्यताको विवरण लेख्नुहोला । जस्तैः शिक्षा संकाय (अंग्रेजी)
• उक्त लिस्टमा आफ्नो योग्यताको बारेमा लेखिएको छैन भने अन्य मा Click गरेर योग्यताको किसिम लेख्नुहोला । जस्तैः इन्जिनियर हालको ठेगानामा,
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• माइती घर मा माइतको ठेगाना लेख्नुहोला । जस्तैः माइपोखरी, इलाम
• जिवित, मृतक, सम्पर्क विहिन के हो ? Tick लगाउनुहोला ।
• इमेल लेख्नुहोला ।
• मोवाइल नम्बर लेख्नुहोला ।
• अन्त्यमा भरिसकेको विवरण एक पटक चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः दुई वा दुईभन्दा बढी श्रीमती भए आफ्नो फोटोमा Click गरी Add Wife मा Click गरेर अर्की श्रीमतीको विवरण भर्न सक्नुहुनेछ । विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि फोटोलाई Click गरि Edit Details मा Click गरेर विवरण सच्यउन सक्नुहुनेछ ।

(DAUGHTER) छोरीको फाराम भर्ने तरीका
• शुरुमा जसको छोरीको विवरण भर्नुपर्ने वहाँको फोटोमा Click गर्दा Add Daughter देखिन्छ त्यहाँ Click गर्नुहोला ।
• फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• पूरा नाम लेख्नुहोला । जस्तैः चन्द्रमाया
• अविवाहित भए आफ्नो थर लेख्नुहोला, यदि विवाहित भए माइतको थर लेखेर घरको थर लेख्नुहोला । जस्तैः पाण्डे वा पाण्डे (पौडेल)
• Name in English मा अंग्रेजी नाम लेख्नुहोला । जस्तैः Chandra Maya Pandey वा Chandra Maya Pandey (Paudel)
• उपनाम भए त्यो पनि लेख्नुहोला । जस्तैः मनिषा
• कतिऔं सन्तानमा आफ्नो बुबाको सन्तानहरुमा आफू कति नम्बरमा पर्नुहुन्छ त्यहि लेख्नुहोला । जस्तैः- दुई जना दिदीहरू र एक जना दाजु पछि जनमिएको हो भने उनिको नम्बर 4 हुनेछ । त्यही 4 लेख्नुहोला । यो कतिऔं सन्तानमा दुई वा दुईभन्दा बढी आमाहरूबाट जन्मिएका सन्तान भएपनि वुवाको सन्तनको हिसाबमा गणना गरिन्छ ।
• मानी आएको कूल देवताको नाम लेख्नुहोला । जस्तैः
• Blood Group चयन गर्नुहोला । जस्तैः A+
• आफू जन्मिएको स्थानदेखि हाल बसोबास गरेको स्थान वेग्लै हो भने वसाइसराइको विवरण उल्लेख गर्नुहोला । विवाहित भए घरको ठाउँ लेख्नुहोला । जस्तैः इलाम
• पेशा छनोट गर्नुहोला । जस्तैः पाइलट
• पेशा छनोट गरेपछि पेशाको प्रकृति पनि लेख्नुहोला । जस्तैः (यती एयरलाइन्स)
• यदि उक्त लिस्टमा पेशा छैन भने अन्य मा Click गरेर आफ्नो पेशा लेख्नुहोला । जस्तैः मार्केटिङ सुपरभाइजर ... कम्पनी
• शैक्षिक योग्यता छनोट गर्नुहोला । जस्तैः स्नाकोत्तर
• शैक्षिक योग्यताको किसिममा योग्यताको विवरण लेख्नुहोला । जस्तैः पाइलट
• यदि उक्त लिस्टमा योग्यताको बारेमा छैन भने अन्य मा Click गरेर आफ्नो योग्यता डिग्री लेख्नुहोला । जस्तैः कथा वाचक पण्डित
• जिवित, मृतक, सम्पर्क विहिन के हो ? Tick लगाउनुहोला ।
• जन्ममिति कागजी आधारमा नभएर जन्मेको आधारमा लेख्नुहोला । जस्तैः 2054-01-01
• इमेल लेख्नुहोला । जस्तैः chandra2080@gmail.com
• मोवाइल नम्बर लेख्नुहोला । 9851353599
• विवाहित वा अविवाहित छनोट गरी Tick लगाउनुहोला । हालको ठेगानामा,
• Nepal, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• टोलको नाम लेख्नुहोला । जस्तैः गैरीगाउँ
• यदि स्थाई रूपमा नेपाल बाहिर बसोवास गर्नुहुन्छ भने देशको नाम छनोट गरी सोहि देशको स्थानीय ठेगाना लेख्नुहोला । जस्तैः Japan (Yokyo)
• मृतक भए मृत्यु मिति लेख्नुहोला, हालको ठेगाना छनोट गर्नु पर्दैन ।
• सम्पर्क विहिन भए थाहा पाएसम्मको विवरण लेख्नुहोला । जस्तैः- भूटान तिर गएको अरे ।
• अन्त्यमा भरिसकेको विवरण एक पटक चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला । नोटः विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि उक्त फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।

(SON IN LAW) ज्वाईंको फाराम भर्ने तरीका
• जुन छोरीको श्रीमानको विवरण भर्नुपर्ने हो उसैको फोटोमा Click गरि Add Husband गर्नुहोला । फाराम खुल्छ ।
• शुरुमा फोटो Select गर्नुहोला । फोटोलाई पासपोटोको साइजमा Crop गर्नुहोला र Crop & Save मा Click गर्नुहोला ।
• शुरुको र बीचको नाम लेख्नुहोला ।
• थर लेख्नुहोला ।
• Name in English मा अंग्रेजीमा नाम लेख्नुहोला ।
• जन्म मिति लेख्नुहोला ।
• वालवालिकाको संख्या लेख्नुहोला ।
• विवाह गरेको मिति लेख्नुहोला ।
• गोत्रमा आफ्नो गोत्र लेख्नुहोला ।
• Blood Group चयन गर्नुहोला ।
• पेशा छनोट गर्नुहोला ।
• पेशा छनोट गरेपछि पेशाको प्रकृति पनि लेख्नुहोला ।
• यदि लिस्टमा उक्त पेशा छैन भने अन्य मा Click गरेर पेशा लेख्नुहोला ।
• शैक्षिक योग्यता छनोट गर्नुहोला ।
• शैक्षिक योग्यता छनोट गरेपछि शैक्षिक योग्यताको विवरण लेख्नुहोला ।
• यदि लिस्टमा योग्यताको बारेमा लेखिएको विवरण छैन भने अन्य मा Click गरेर योग्यताको डिग्री लेख्नुहोला । हालको ठेगानामा,
• नेपाल, प्रदेश, जिल्ला, पालिका, वडा नं. छनोट गर्नुहोला ।
• टोलको ठेगाना लेख्नुहोला । जस्तै; कन्याम, इलाम
• जिवित, मृतक, सम्पर्क विहिन के हो ? Tick लगाउनुहोला ।
• इमेल लेख्नुहोला ।
• मोवाइल नम्बर लेख्नुहोला ।
• अन्त्यमा एक पटक भरिसकेको विवरण चेक गरी पेश गर्नुहोस् बटनमा Click गर्नुहोला ।

नोटः विवरण भरिसकेपछि केहि गल्ति भए सच्याउनको लागि वा Update गर्नको लागि उक्त फोटोलाई Click गरेर Edit Details मा Click गरि विवरण सच्यउन सक्नुहुनेछ ।

वंशावली फाराम सम्बन्धी थप जानकारीः
• आफ्नो विवरण भरिसकेपछि आफ्नो फोटोलाई Click गर्दा Add Father र Add Wife को Options आउँछ ।
• वुवाको विवरण भर्नको लागि Add Father मा Click गर्नुपर्दछ भने श्रीमतीको विवरण भर्नको लागि Add Wife मा Click गर्नुपर्दछ ।
• आमाको विवरण भर्नको लागि वुवाको फाराम भरिसकेपछि वुवाको फोटोमा Click गरेर Add Wife मा Click गर्नु पर्दछ ।
• जसरी आफ्नो फोटोलाई Click गर्दा Add Father को Option आयो त्यसैगरी वुवाको फोटोलाई Click गर्दा Add Father को Option आउँछ र वुवाको वुवा (हजुरवुवा) को विवरण भर्नु पर्दछ ।
• हजुरवुवाको फोटोलाई Click गरेर हजुरआमा र हजुरवुवाको वुवा (जिजुवुवा) को फाराम भर्नु पर्दछ । एवं प्रकारले सोभन्दा माथिको पुस्ताको जानेजति विवरण भर्नु पर्दछ ।
• श्रीमतीको विवरण भरिसकेपछि आफ्नो फोटोलाई Click गर्दा Add Daughter, Add Son, Add Wife को Option आउँछ । कसको विवरण भर्ने हो छनोट गरि Click गर्नुहोला र विवरण भर्नु होला ।

वंशावली फाराम भर्दा केहि कन्फ्युजन भए आफ्नो परिवार भित्रको वंशावली ईडिटरलाई सम्पर्क गर्नुहोला । वंशावली सफ्टवेयर भित्र रहेका अन्य फिचर सम्बन्धि जानकारीः

गृहपृष्ठः
• प्रत्येक प्रदेशमा रहेका जनसंख्याको पाईचार्ट सहित डाटा भिजुअलाइजेशन, जिल्ला अनुसार जनसंख्याको बारग्राफ, उमेर समूह अनुसार जनसंख्या विवरण,
• दैनिक जन्मदिन, विवाह वार्षिकोत्सव र परमधामगमनको विवरण
• शीर्ष र तत्कालीन दाताहरूको नाम, रकम र उद्देश्य,
• डिजिटल वंशावली दाताहरु भए गृह पृष्टमा फोटोसहितको विवरण, नोटः गृह पृष्ठमा अन्य फिचरहरूको संक्षिप्त विवरणहरू समावेश छन् ।

हाम्रो बारेमाः
• संगठनको बारेमा ईतिहासविद्वहरूले लेखेका तथ्यपरक जानकारी पढ्न पाइने छ,
• बिभिन्न व्यक्तिहरुले दिनुभएको शुभकामना पढ्न पाइने छ,
• अध्यक्षको सन्देश पढ्न पाइने छ,
• महासचिवको सन्देश पढ्न पाइने छ,
• वंशावली सम्पादक (संयोजक) को सन्देश पढ्न पाइने छ,
• नाम, पद, सम्पर्क नम्बर र फोटो सहित विभिन्न तहका समिति तथा उप–समिति पदाधिकारी तथा सदस्यहरूको विवरण हेर्न पाइने छ,
• विधानमा उल्लेख गरे बमोजिम संस्थाका सबै प्रकारका सदस्यताको सूची हेर्न पाइने छ,

वंशवृक्षः
• पूर्ण वंशवृक्षः यस भित्र रेकर्ड भएका सम्पूर्ण डाटाहरु हेर्न र पुस्ता जोडिएका वंशलाई हेर्न पाइने छ,
• मेरो वंशवृक्षः आफ्नो सीमित परिवारको वंशवृक्ष देखि मर्ज हुँदै गएको सम्पूर्ण वंशलाई जोड्ने वृक्षचार्टको सिस्टम बनाइएको छ । यसै मेरो वंशवृक्षबाट आफ्नो देखि परिवारका सदस्यहरुको फोटो सहितको वृक्षचार्ट र फोटो विना नाम मात्रको वृक्षचार्ट हेर्न पाइने छ,

ग्यालरीः
• विविन्न समयमा विभिन्न स्थानबाट विभिन्न व्यक्तिले पोष्ट गरेका तर एड्मिन प्यानलबाट स्वीकृत भएका संस्थागत फोटो र भिडियोहरु ग्यालरीमा हेर्न सकिनेछ,

योगदानः
• कूल पूजा, भवन निर्माण, भौतिक निर्माण, अक्षयकोष, सदस्यता शुल्क, स्वऐक्षिक दान, समय–समयमा गरिने संस्थागत इभेन्ट्स जस्ता कार्यक्रमहरुमा आर्थिक संकलनको लागि तपशिल बमोजिम योगदानको प्रक्रिया गर्न सकिनेछ ।
• योगदान मा क्लिक
• संस्थामा योगदान गर्नुहोस् मा क्लिक
• दिइएको वैंक खाता वा क्यु.आर. मा कुनै किसिमको योगदानमा आधारित रकम जम्मा गर्नुहोला ।
• जम्मा गरेको रकमको स्क्रिन सट राख्नुहोला ।
• अब, Claim Contribution मा क्लिक
• दाताको फोटो Upload गर्नुहोला ।
• दाताको नाम लेख्नुहोला ।
• ठेगाना चयन गर्नुहोला ।
• डोनेशन गरेको रकम लेख्नुहोला ।
• दाताको मोवाइल नम्बर लेख्नुहोला ।
• योगदानको प्रकारमा केन्द्रीय कोषमा जाम्मा गर्न Central चयन गर्नुहोला, अन्य कुनै कार्यक्रमको लागि डोनेशन हो भने Events चयन गर्नुहोला ।
• डोनेशन गरेको स्क्रिन सट वा वैंक भौचरको प्रमाण पेश गर्नुहोला ।
• योगदानको उद्देश्यमा रकम डोनेशन गर्नुको कारण लेख्नुहोला । जस्तैः झापाको कूलघर निर्माणार्थ अथवा ललितपूरको पुराणको सहयोगार्थ ।
• Claim Contribution मा Click गर्नुहोला ।
• यसरी पेश गरेको Claim Contribution केन्द्रीय समितिले प्रमाणित गरेपछि रकम बुझाएको प्रमाणपत्र डाउनलोड गर्न सकिनेछ ।

लेखः लेखमा क्लिक गर्दा, आलेख, साहित्य संगालो, वंशज योगदान देखिन्छ ।
• आलेख क्लिक,
• Add Alekh क्लिक,
• आलेखको शिर्षक,
• आलेखको छोटो विवरण,
• आलेखको लेखकको नाम,
• आलेखको फोटो अपलोड गरी आलेखको बारेमा छोटो जानकारी लेखि Submit बटनमा क्लिक गर्नुहोला ।

यसैगरी साहित्य संगालो र वंशज योगदान पनि अपलोड गर्न सकिन्छ ।

डाउनलोडः
• यस भित्र संस्थाका वार्षिकोत्सवका रिपोर्ट, आर्थिक नियमावली, विधान जस्ता आवश्यक कागजातहरु र रिफरेन्स डकुमेन्ट्सहरु राखिएको हुनछ, आवश्कता अनुसार डाउनलोड गरेर हेर्न पढ्न सकिनेछ ।

सूचनाः
• संस्थाका जरुरी सूचना भए पपअफ मा आउने गरी राखिएको छ ।
• केन्द्रका प्रदेश, जिल्ला तथा अन्य निकायका सूचनाहरुलाई यस भित्र क्लिक गरेर हेर्न सकिनेछ ।

आफ्नो ID Card बनउनको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• परिचयपत्र क्लिक,
• ID Card Request क्लिक,
• आफ्नो पूरा नाम, जन्ममिति, रक्त समूह, जन्म स्थान, ठेगाना चयन, सम्पर्क नम्बर, टोल, पेशा र संस्थागत पदमा आफ्नो पद जसतैः अध्यक्ष, वागमती प्रदेश लेख्नुहोला र मेल फिमेल चयन गरी सब्मिट गर्नुहोला । केन्द्रीय विभागदेखि प्रमाणिकरण भएपछि डाउनलोड गर्न सकिन्छ ।

आफ्नो प्रोफाइल Update गर्नको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• प्रोफाइल सम्पादन गर्नुहोस् मा क्लिक (Basic Details मा आफ्नो प्रोफाइल चेन्ज गर्न सकिन्छ भने Security मा पासवर्ड चेन्ज गर्न सकिन्छ ।

आफ्नो परिवार भित्रका वंशवृक्ष एक आपसमा जोड्नको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• मर्ज अनुरोधमा क्लिक
• आफूले पठाएको र प्राप्त गरिएको मर्ज र दावी अप्सनमा View ¬¬हेर्न, Approve गर्न सकिनेछ ।

आफूले संस्थालाई बिभिन्न समयमा गरेका योगदान हेर्नको लागि,
• आफ्नो प्रोफाइलमा क्लिक
• योगदानमा क्लिक

अन्य फिचरहरुः
• दाताहरुले गरेको जुनसुकै किसिमको आर्थिक योगदानको प्रमाणपत्र स्वयं दावी गर्न सकिने छ । जसलाई रेकर्डको लागि संस्थाले पनि र स्वयं पनि डाउनलोड गरेर राख्न सकिनेछ ।
• प्रयोगकर्ताले आफ्नो प्रोफाइल स्वयं रजिष्टर गर्नुपर्ने बनाइएको छ ।
• दैनिक जन्म, मृत्यु र वैवाहिक एनिभर्सरीलाई जानकारी लिन सकिनेछ ।
• दैनिक कति संख्यामा वंश थपिए र आजका दिन सम्ममा जम्मा कति संख्यामा वंश जोडिन सफल भए भन्ने कुरा यस सिस्टममा देख्न सकिनेछ ।
• पुरानो वंशावलीमा छुटेको डाटा संकलनको लागि आफ्नो मोवाइल वा कुनै पनि सम्बन्धित डिभाइसबाट विश्वको कुनै पनि ठाउँबाट स्वयं अपलोड, इडिट र अपडेट गर्न सकिनेछ
• यो सफ्टवेयरमा विवाह भएर यस कूलमा आएका महिलाको माइतको थर र ठेगाना तथा विवाह भएर गएकी चेलीको श्रीमान् (ज्वाईँ) को विवरण समेत समावेश गर्ने व्यवस्था गरिएको छ ।

अन्य जानकारीको लागि पाण्डे वंशको केन्द्रीय कार्यालयको नम्बर वेभसाइटको फुटरमा दिइएको छ, सम्पर्क गर्नुहोला ।

मेटालोजिक सफ्टवेर कम्पनीले पाण्डे वंश लगायत अन्य वंशहरुको पनि डिजिटल वंशावली (वेभसाईट र मोवाइल एप) निर्माण गरेर हस्तान्तरण गरिरहेको छ । यो डिजिटल वंशावलीको सफ्टवेर नेपाल कै एक उत्कृष्ट डिजिटल वंशावली सफ्टवेर भएको हुनाले आफ्नो नाताभित्रका अन्य वंशहरूलाई (जो डिजिटलमा जोडिन चाहनुहुने वंशलाई) यो सफ्टवेयर रिफर गरेर सहयोग गर्नुहुन सवीनय अनुरोध गर्दछु ।
"सेवा नै धर्म हो ।"

डिजिटल वंशावली निर्माणका साथसाथै अन्य सामाजिक संघसंस्था, स्कुल, कलेज, होटेल, रेस्टुरेन्ट, बिभिन्न ब्यबसाय, कन्सल्टेन्सी, सहकारी, एन.जि.ओ./आई. एन.जि.ओ., विभिन्न कम्पनी लगायत बिदेशी कम्पनीहरूको प्रोजेक्टको वेभसाइट र मोवाइल एप निर्माण गर्दै आइरहेको यस कम्पनीमा जुनसुसै किसिमका सफ्टवेयर बनाउनको लागि हामीलाई सम्झनु होला । धन्यबाद ।।

For Technical Support:
Metalogic Software Pvt.Ltd.
Kathmandu, Nepal
www.metalogic.com.np
info@metalogic.com.np